बिहिबार, आश्विन ०८, २०७७ || 1033  पटक पढिएको

अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ । ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन । ह्वेलको यो प्रजाति तटीय क्षेत्रमा पुगेर अड्किने सम्भावना बढी हुने बताइन्छ ।

ह्वेलविज्ञहरूले गत सोमबार तस्मानिया क्षेत्रमा अलपत्र परेका ह्वेल सम्भवत अन्टार्कटिका जाने क्रममा बाटो विराएर पानीको सतह कम भएको तटीय क्षेत्रमा फसेका हुनसक्ने बताएका छन् । उद्धार प्रयासका बावजुद् पनि अनुकुल वातावरण नपाउँँदा तीन दिन भित्रमा यति धेरै सङ्ख्यामा ह्वेलको मृत्यु भएको छ ।

बुधवारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल बचाउन सफल भएका छन् भने थप ३० लाई बचाउन उनीहरू लागि परेका छन् । तास्मानियाका अधिकारीहरूले ‘प्राणी जीवित रहेसम्म’ उद्धार कार्य जारी रहने बताएका छन् ।
“पानीमा जीवितै रहँदासम्म हामीसँग आशावादी हुने अवस्था रहन्छ । तर समय बित्दै जाँदा उनीहरू झन् थकित हुनेछन्,” तास्मानियाको पार्क र वाईल्डलाईफ सर्भिसका क्षेत्रीय प्रबन्धक निक डेकाले बताए ।

त्यसपपहिले सन् २००९ मा करिब २०० पाइलट ह्वेल बलौटे पानीमा फसेको फेला परेका थिए । तालिमप्राप्त ६० उद्धारकर्ताको एउटा टोलीले गोफनलगायतका विभिन्न उपकरणको सहयोगले मङ्गलवार बिहानदेखि केही ह्वेललाई कम पानी भएको ठाउँबाट गहिरो पानी भएको ठाउँतिर पुर्याउन सुरु गरेका थिए । तर शक्तिशाली छालका कारण उक्त कार्य चुनौतीपूर्ण भइरहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!