यस सप्ताह शुरुवाती तीन दिन देखि लगातार घटि रहेको बाजार आज चौथो दिन बुधवार शुरूमा घटेर पनि अन्तमा प्रायः सबै क्षेत्रमा बढेर १५५५ अंकमा बन्द भएको छ । आजको शेयर बजार शुरुवात हुँदा केहि बेर निकै नै दबाबको वातावरण देखिएको थियो । बिक्रिमा देखिएको दबाबले बजारलाई १५३५ सम्म झारेको थियो । मंगलवार १५४६ मा बन्द भएको बजार बुधवार १५३५ सम्म झर्दा बजारमा दबाब बढेको देखियो तर, केहि बेरमै बजारको वातावरण बदलियो र उकालो तिर बढे ।

आजको बजारमा १५३५ मा हाइड्रो पावरमा खरिदको दबाब आउँदा अरु क्षेत्रमा पनि खरिद गर्न लगानीकर्ता अगाडी आए र अन्तमा ९ प्वाइन्ट बढोतरी भएर १५५५ को अंकमा बजार बन्द भएको छ ।

आज हाइड्रो पावर क्षेत्रको बढ्ने क्रम राम्रो रहेको तर, भोली विहिवार कतिमा बन्द हुने हो यो एउटा चासोको विषय भएको जनाकारहरु बताउँछन् । लाभ आर्जन गरेका लगानीकर्ता बाजार खस्कोको वेलामा अगाङी आएर शेयर पुनः खरीद गर्ने तिर लागेको अनुमान गरिएको छ । यो विचार लगानीकर्तामा बढेको खण्डमा बाजार ओरालो लाग्न सक्दछ । छिट्टै र सानो लाभ लिने प्रवृति कायम रहे भन्ने बाजार अहिले बढी बढ्ने संम्भावना कम नै लागेको विश्लेषकहरूको भन्नाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!