बुधबार, आश्विन ०७, २०७७ || 567  पटक पढिएको

ओखलढुंगा सिद्धिचरण-१२ सिमलडाँडा मोलुङ-१ कुन्तादेबी बस्ने २८ बर्षीय परनेश खत्रीको करेन्ट  लागेर मृत्यु भएको छ । मृतक खत्री मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर रहेको खुल्न आएको छ । आज बिहान पौने ११ बजे सिमलडाँडा स्थितमै बिजुली सप्लाईको मेन्टिनेन्सको लागी जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिधुत सट हुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उनलाई उद्धार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएकोमा डाक्टरले खत्रीको मृत्यु भईसकेको भनि जानकारी गराएको  जिल्ला प्रहरी कार्यालय  ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!