बुधबार, आश्विन ०७, २०७७ || 2022  पटक पढिएको

विगत ६ महिनादेखि बन्द रहेका हलहरु कहिले खुल्छन् अझै टुंगो छैन । नेपालीहरुको ठूलो पर्व दशैं आउन एक महिना पनि बाँकी छैन । दशैंमा नेपाली चलचित्रको राम्रो व्यापार हुने गर्दछ । अघिल्ला बर्षका रेकर्ड हेर्दा पनि दशैंमा रिलिज भएका चलचित्रले राम्रो कमाई मात्र गरेका छैनन्, चलचित्र क्षेत्रलाई गतिशिल बनाउन ठूलो भूमिका पनि खेलेका छन् । दशैं लगतै तिहार पनि सुरु हुने भएकाले यो समयमा चलचित्र रिलिज गर्न निर्माता तछाडमछाड नै गर्छन् । तर, यो बर्षको दशैंमा हल संचालनमा आउँछन् या आउँदैनन् भन्ने नै अन्यौल छ । हल व्यवसायीहरु भने दशैंमा चलचित्र हल संचालन हुनेमा आशावादी छन् । हल व्यवसायी कपिल द्धाले सामाजिक संजालमा स्टाटस लेख्दै दशैंमा कुन चलचित्र रिलिज हुन्छ होला भनेर सोधेका छन् । उनले, हल खोल्न हल व्यवसायी तयार भएको भन्दै निर्मातालाई चलचित्र रिलिजको मिति तय गर्न आग्रह गरेका छन् । सरकारले आन्तरिक हवाई उडान, रेष्टुरेन्ट, लामो दुरीका गाडी संचालन गरिसकेकाले पनि हल खोल्दा कुनै समस्या नहुने उनीहरुको तर्क छ । पूर्ण क्षमतासहित यात्रु बोकेर हवाइजहाज उड्दा कोरोना नसर्ने, सुरक्षित उपाय अपनाएर हल संचालन गर्दा कोरोना सर्ने भन्ने नहुने तर्क चलचित्र संघका पूर्व अध्यक्ष प्रदिपकुमार उदयको छ । हल व्यवसायीहरु दशैंमा हल खुल्ने र दर्शक पनि हलसम्म आउने दाबी गरिरहेका छन् । तर, चलचित्र निर्माण गरेर बसेका कुनै पनि निर्माताले दशैंमा चलचित्र रिलिज गर्ने योजना बनाएको देखिदैन । अहिलेसम्म, हल खुलेको अवस्थामा चलचित्र ‘लक्ष्मीपूजा’ रिलिज गर्ने योजना निर्माता शोभित बस्नेतले बनाएका छन् । बलिउड चलचित्रले पनि दशैं लक्षित रिलिज मिति तय गरेका छैनन् । बलिउडमा त चलचित्रको नै अभाव छ । यस्तो अवस्थामा को अगाडि सर्ने भन्ने दुविधा देखिएको छ । दशैंमा हल खुले के निर्माता चलचित्र चलाउन तयार छन् त ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!