बलिउड अभिनेत्री कंगना रनौतले फिल्म उद्योगमाथि लगातार विभिन्न आरोप लगाउँदै आएकी छिन् । यसैबीच, अनुराग कश्यपमाथि यौनशोषणको आरोप लागेपछि कंगनाले उनलाई पक्राउ गर्न आग्रह समेत गरेकी छिन् । साथै, उनले बलिउडमा आफूले भोगेका कुराहरु पनि शेयर गरेकी छिन् । पायल घोषको आरोपपछि कंगनाले उनमाथि पनि थुप्रै सहकर्मीहरुले यस्तो व्यवहार गरेको खुलाएकी छिन् ।

शनिबार अनुराग कश्यपविरुद्ध अभिनेत्री पायल घोषलाई समर्थन गर्दै कंगनाले लेखेकी छिन्, ‘अनुरागले विवाह पछि पनि आफू सन्तुष्ट नभएको विभिन्न मानिसहरुलाई बताएको स्वीकार गरेका छन् । पायलमाथि जस्तो व्यवहार भयो उक्त व्यवहार बलिउडमा सामान्य हो । बाहिरबाट आएर संघर्षरत हरेक अभिनेत्रीलाई यहाँ यौनकर्मीलाई जस्तो व्यवहार गरिन्छ ।’

अनुराग कश्यप र कंगना रनौतबीच ट्विटरमा प्रायः एक अर्कालाई दोषारोपण भइरहन्छ । रनौत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको मुख्य समर्थक हुन् भने कश्यप सरकारको तीखो आलोचना गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!