दहेज मुक्त मिथिला अभियान नेपालद्वारा बिगत १ महिना देखि लगातार प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कुनैन कुनै ठाउमा गरिब,लाचार र असहायहरुलाई सहयोग गर्दै आइरहेका छन । प्रदेश नं.२ का धनुषा जिल्लाको सवैला नगरपालिका वडा नं.१० खरिहानी गाउँका ब्लड क्यान्सर पिडित राजेश कापरको २ वर्षिय छोरा रितिक कापरका हजुरआमा मनतोरीया देवी कापरलाई नगद ५१ हजार १ सय आर्थीक सहयोग गरेको हो । त्यसै गरि धनुषा जिल्लाका हँसपुर नगरपालिका वडा नं. ४ मनिपति गाउँका रामभरथ साहको छोरा रितिक कुमार साह वर्ष १८ को पेरालाइसिस पिडितलाई उपचारको लागि दहेज मुक्त मिथिला अभियान नेपालद्धारा १५ हजार १ सय ५५ रुपैया आर्थिक सहयोग गरेको हो । “बेटा बेटी एक समान” मुल नराको साथ दहेज मुक्त मिथिला अभियान नेपालद्वारा एक जना ब्लड क्यान्सर पिडित र एक जना पेरालाइसिस विरामीलाई आर्थीक सहयोग हस्तान्तरण गरिएको दहेज मुक्त मिथिला अभियान नेपालका अध्यक्ष ललन कापरले बताए । उक्त रकम हस्तान्तरण गर्ने कार्यक्रममा दहेज मुक्त मिथिला अभियान नेपालका अध्यक्ष ललन कापर,राम सागर कापर,गगांराम महतो,राम एकवाल कापर, संतोष कापर , युवा गायक अरूण रसिया , युवा शिक्षक तथा नेपालका वरिष्ठ सल्लाहकार मनोज मण्डलले पिडितको घरमै गएर पत्रकार, स्थानीय बासि, बृद्धिजिविको रोहबरमा पिडितहरुलाई आर्थीक सहयोग हस्तान्तरण गरिएको हो । साथै दहेज मुक्त मिथिला अभियान नेपालको शाखा कतार, सउदी, नेपाल , कुवेत , दुबई , मलेसिया , भारत रहेका छन केन्द्रीय अध्यक्ष मुकेश कापरले जनकारी गराएको छ ।