आइतबार, आश्विन ०४, २०७७ || 511  पटक पढिएको

पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई जानकारी दिए ।

पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उनले भने, ‘उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।’

यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।

हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पौडेलले बताए । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!