बिराटेश्वर वूद्धाश्रम सेवा समिति बिराटनगरलाई नेपाल वैश्य युवा संघ मोरङ बिराटनगरद्धारा खाधान्न सम्रागी प्रदान गरीएको छ ।

नेपाल वैश्य युवा संघ मोरङ बिराटनगरको आयोजना तथा महिला शान्ति ,अनुसन्धान तथा बिकाश केन्द्र (वपरडेक)को सह -सहयोगमा करिब ३ महिना पुगने गरी चामल ३ बोरा, दाल १ बोरा, तेल १ काटुन , नुन ५ प्याकेट, चाउचाउ २ काटुन, चिउरा ५ किलो ग्राम,आलू १ बोरा, प्याज १ बोरा , भुजा २ बोरा , फुटी ३ काटुन, चाउचाउ २ काटुन, विस्कुट ५ दर्जन, होर्लीक्स ५ प्याकेट, गुलकोज ५ डिवा , हरियो सब्जी ,सर्फ एक बोरा , मसालालगायत १५० थान माक्स सहित स्वास्थ्य सामाग्री समेत बिराटेशवरी वूद्धा आश्रमका संचालक जगत आर्याललाई प्रदान गरिएको हो । उक्त आश्रममा २६ जना महिला ,२५ जना पुरुष गरि ५१ जना आमाबुवाहरु बस्दै आउनु भएको छ।आज आश्रममा प्रदान गरिएको सामाग्री वैश्य समाजका विभिन्न बुद्दिजिबिहरुको सहयोगमा प्रदान गरिएको हो।

नेपाल सहित बिश्वभरि नै कोरोना भाईरस महामारीसंग जुधिरहेको समयमा वूद्धा श्रममा खानाको अभाब न होस् भन्ने उदेश्यले हामीले यि खाधयान्न सम्रागी उपलब्ध गराएको नेपाल वैश्य युवा संघका अध्यक्ष गणेश कुमार साहले हिपमत डटकमलाई जानकारी दिनु भयो ।

संघका सचिब प्रेमनाथ गुप्ताले कोरोना महामारीको यस्तो अवस्थामा दल र राजनीतिको कुरा छाडेर एक अर्काको सहयोग गर्नु नै हाम्रो मानवता हो र यसको लागि म र मेरो समुह जहिले पनि सकृय रहने बताउनु भयो । वहाँले थोरै भए पनि एक अर्कासंग सहकार्य गरि यि र यस्ता वूद्धाश्रम, बालश्रमहरुलाई सहयोग गर्नको लागी हाथ अगाडी बढाउन सबैसंग अग्रह समेत गर्नुभयो ।

उक्त खाधयान्न सम्रागी हस्तान्तरन कार्यक्रममा संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकर,कोषाध्यक्ष डा शिब शंकर साह , अशेश्वर साह, अमूत कुमार साह, किरण साह, सन्तोष साह,भोला साह ,संजय सोनी ,मनोज कुमार हलवाई ,रामकुमार चौधरी ,सीयाराम रौनियार,प्रदिप कुमार दास , शिवनारायण गुप्ता,सामाजिक युवा अभियन्ता पेरिस सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल वैश्य युवा संघ मोरगं बिराटनगरले आगामी दिनहरुमा पनि निरन्तर सामाजिक कार्य गर्ने ,वैश्य समाजको तथ्यांक संकलन गर्ने ,सामाजिक बिकास एवम जातिय उत्थानकोलागि विभिन्न सेवा मुलक कार्यक्रमहरु गर्दै जाने संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकरले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!