ताइवानले शुक्रबार अमेरिकी दूतको भ्रमणका बेला चीनले आफ्नो क्षेत्रमा प्रवेश गरेर शक्ति प्रदर्शन गरेको आरोप लगाएको छ । अमेरिकी विदेश विभागका वरिष्ठ अधिकारी किथ क्राइचले ताइवान भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले लडाकु विमानसहित शक्ति प्रदर्शन गरेको ताइवानको आरोप छ ।

अमेरिकी अधिकारीले शुक्रबार चिनियाँ स्वशासित उक्त टापुका नेताहरूसँग भेटवार्ता गरेका छन् । क्राइचले ताइवानका आर्थिक मामिला मन्त्री र उपप्रमुखसँग छलफल गरेका थिए । उनले उद्योग क्षेत्रका नेताहरूसँग पनि छलफल गरेका थिए र राष्ट्रपति साई इङ वेनसँग बसेर खाना खाएका थिए ।

अमेरिकी अधिकारी भेटघाटमा रहेका बेला चिनियाँ सेनाले अभूतपूर्व शक्ति प्रदर्शन गरेको आरोप ताइवानले लगाएको छ । ताइवानले आफ्नो क्षेत्रमा लडाकु जेटसहित १८ वटा विमानले उडान गरेको आरोप लगाएको छ । ताइवानको रक्षा मन्त्रालयले चीनबाट आएका १८ लडाकु विमानहरु ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको आरोप लगाउँदै ताइवानले चिनियाँ जहाजहरूमाथि निगरानी गरिरहेको दाबी गरेको छ ।

उता, चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता रेन जियोकियाङले भने चीन ‘राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई बचाउन ताइवान जलस्रोतको वर्तमान अवस्थालाई ध्यानमा राखी कानुनी र आवश्यक कारबाहीमा उत्रिएको बताएका छन् । चीनले ताइवानलाई आफ्नो स्वाशासित क्षेत्रको रूपमा दाबी गर्छ र यस स्वायत्त टापुका अधिकारीसँग अन्य कुनै देशका अधिकारीहरुले गर्ने औपचारिक वार्तालापको कडा विरोध गर्ने गरेको छ । कीथ दशकौंपछि ताइवान टापु भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयका पहिलो उच्चस्तरका अधिकारी हुन्। अगस्टमा, अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजरल ताइवानको भ्रमण गरेका थिए ।

सन् १९७९ मा अमेरिका र ताइवान सरकारबीचको आधिकारिक सम्बन्ध समाप्त भएदेखि उच्चस्तरीय अमेरिकी अधिकारीले ताइवान भ्रमण गरेको यो पहिलो पटक हो । ताइवानसँग आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध अन्त्य भएपछि पनि अमेरिकाले अनौपचारिक सम्बन्ध कायम राखिरहेको छ र यो टापुको सबैभन्दा महत्वपूर्ण सहयोगी र रक्षा उपकरणको आपूर्तिकर्ताको रुपमा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!