हिपमत डटकम
विराटनगर,१ मघ:विराटनगर ७ स्थित आमाकोमाया छात्रबासमा मकरसंक्रन्तीको अवसरमा सामुहिक खिचडी र वार्षीक उत्सव बुधबार सम्पन्न भएको छ । विराटनगर महानगरका प्रमुख भिम पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा,पुर्वाञ्चल विश्व विद्यालयका उपकुलपती प्राध्यपक विजुकुमा थपलीया, नेपाल विद्यार्थी संघका पुर्व सह–महामन्त्री कृष्ण कार्की, छात्रबास संञ्चालक समीतीका पदाधिकारीहरु सहभागि थिए । कार्यक्रममा सो छात्रबासमा बस्दै आएका विद्यार्थीहरु , त्यस संस्थासंग आवद्ध प्रतिनिधिहरु र सर्वसाधारणको सहभागिता थियो । कार्यक्रममा विद्यार्थीहरुहरुले विभिन्न साँस्कृतीक कार्यक्रम गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पराजुलीले छात्राबासले महानगरमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।