बुधबार, माघ ०१, २०७६ || 2116  पटक पढिएको

हिपमत डटकम
प्रेम चन्द राैनियार
नवलपरासी,१ माघ :वर्दघाट सुस्ता पुर्व नवलपरासी काे विनयि त्रिवेणि गाउँ पालिका ६ त्रिवेणि धाममा मकर सक्रान्ति नहाउने श्रधालु भक्त जन हरुकाे व्यानै देखि भिड लागेकाे छ ।
साेन भद्र , पुर्ण भद्र , र नारायणिकाे संगम काे रुपमा अधिराज्यकै पवित्र तिर्थ स्थलकाे काे रुपमा रहेका त्रिवेणि धामकाे नामले चिन्निने त्रिवेणि धाममा आज व्यान देखि सुर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गते का दिन मकर सङ्क्रान्ति नहाउने भक्त जन हरुकाे भिड लागेकाे छ ।
मकर सक्रान्ति नहाउनका लागि स्वदेश तथा विदेशवाट हजारौं हजार श्रधालुहरु भिड लाेगेकाे छ ।
मकर सक्रान्ति नहाउनक लागि वारा , रैतहट , गुल्मि , पाल्पा , स्याङ्जा , सैनामैना , रुपनदेहिकाे वुटवल , नवलपरासी पश्चिम , र भारतकाे उत्तर प्रदेश र बिहार का हजाराे भक्त जन हरुले नारायणिमन स्नान गरि शिवालय मा पुजा अर्चना गरेका छन ।
सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशिमा प्रवेश गर्ने साउने संक्रान्ति र मकर राशिमा प्रवेश गर्ने माघे संक्रान्तिलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ।
यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।
माघे– मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणी धाममा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा त्रिवेणि धाम , देवघाट लगायत विभिन् नदि हरुमा स्नान र , दान पुन्य गर्नाले सुख सान्ति , र मानाेकामना पुर्ण हुने धार्मिक विश्वास रहेकाे छ ।
यस्तै थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।
माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!