विश्व बैंकले प्रकाशित गरेको ह्युमन क्यापिटल इन्डेक्स २०२० (मानव पुँजी सूचकांक) मा नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ । सूचकांकमा नेपालको भ्यालु ५० छ भने भारतको ४९ रहेको छ । यसअघि पनि नेपाल दोस्रो स्थानमै थियो । अर्थात सूचकमा नेपाल श्रीलंकाभन्दा तल र भारतभन्दा माथि रहेको थियो ।

महामारी अघिको अवस्थामा नेपालको मानव पुँजी विकासमा राम्रो प्रगति गरेको विश्व बैंकले भनेको छ । नेपालमा बालबालिकाको शिक्षामा भएको लगानीको प्रतिफल राम्रो देखिएको बैंकले जनाएको छ ।
नेपालमा बालबालिकाले पूर्ण शिक्षा र स्वास्थ पाएपछि ५० प्रतिशत उत्पादक हुन्छन् । यो दक्षिण एसियाका कुनै पनि देशको तुलनामा राम्रो हो भने न्यून आय भएका मुलुकहरुमा पनि नेपालको सबैभन्दा राम्रो प्रतिफल हो ।

उच्च विद्यालय प्रवेश दरका कारण यस्तो प्रतिफल आएको बैंकले जनाएको छ । यद्यपी कोभिड १९ महामारीका कारणले धेरै बालबालिकाहरु विद्यालय बाहिर रहेको र यसले गर्दा महिला तथा बालबालिकाको भविष्यमा ठूलो असर पार्न सक्ने बैंकले बताएको छ ।

मानव पुँजी सूचकांकमा १७४ देशको २०२० मार्च सम्मको शिक्षा र स्वास्थ्यको तथ्यांक सामेल छ । महामारीले मानव पुँजीमाथि खतरा उत्पन्न गरेको र यसको पुनरुउत्थानको लागि राम्रोसँग काम गर्न विश्व बै.कले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!