बिहिबार, आश्विन ०१, २०७७ || 499  पटक पढिएको

गायिका एलिना चौहानका गीत अचेल लगालग लोकप्रिय भइरहेका छन् । उनको स्वरमा रहेको पछिल्लो गीत ‘पन्छी’ ले पनि अहिले क्रमश स्रोतादर्शकको मन जित्दै गइरहेका छ । लोकआधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ ।
सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ । फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्,नम्रता अर्याल,गणेश पौडेल,सन्तोषकुमार थीनलगायतले अभिनय गरेका छन् । निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोड्क्सन युट्युव च्यानलबाट सार्वजनीक गरिएको हो ।
वास्वतिक घटनाहरुलाई गीतमा प्रतिबिम्बित गरिएको गीतकार सुदीप बताउछन् । गीतको भावअनुसार म्युजीक भिडियो निर्माण गरिएकाले दर्शकले क्रमशः मन पराउदै गएको धारणा उनको छ ।

youtube.com/watch?v=pDGkGlSzv5g&feature=youtu.be

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!