बिहिबार, आश्विन ०१, २०७७ || 603  पटक पढिएको

नेपाली फिल्मी जगतका चिरपरिचित अनुहार भुवन केसीको आज जन्मदिन परेको छ । आज परेको जन्मदिन उनी परिवारसँग खुसी साट्दै मनाउँदैछन् । अहिले समय उपयुक्त नभएकाले परिवार भित्र मात्र सीमित रहेर यो जन्मदिन मनाउने तयारी रहेको अभिनेता भुवनले बताए । फिल्म ‘जुनी’बाट अभिनयमा प्रवेश गरेका भुवनले थुप्रै हिट फिल्म दिएका छन् । पछिल्लो समय निर्माता, निर्देशक समेतको परिचय बनाएका भुवनलाई, सुपरस्टार र सदबहार नायक भन्ने समेत गरिन्छ । एक समय भुवन अभिनित फिल्मले १२५ दिनसम्म्मको रेकर्ड बनाएको थियो । उमेरले बुढ्यौली छाएपनि पहिरन र फिटनेका कारण उनी जवान जस्तै देखिन्छन् । भुवनको नाम बेलाबेलामा विभिन्न बिवादमा पनि पर्ने गरेको छ । पछिल्लो समय पनि उनी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादमा फसेका थिए । जुन बिषय अहिले अदालतमा पुगेको छ । भुवन पछिल्लो समय अभिनेत्री जीया केसीसँगको लिभिङ टुगेदरमा छन् । अभिनेत्री सुस्मिता केसीसँग डिभोर्स भएपछि उनी जीयासँग नजिक भएका हुन् । नेपाली चलचित्र क्षेत्रको सफल नायक, निर्माता निर्देशक भुवनलाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!