हिपमत डटकम
काठमाडौं ,१ माघ :एजेन्सी । अमेरिकाको लस एन्जेल्सको आकासमा मंगलबार साँझ एक ठूलो विमानले इन्धन झारेपछि तल रहेका कैयौं मानिस प्रभावित भएका छन् ।

लस एन्जेल्स काउन्टी दमकल विभागका निरीक्षक सीन फग्र्यूसनका अनुसार जेट विमानले झारेको इन्धनका कारण सबैभन्दा बढी प्रभावित हुने विद्यालय पार्क एभेन्यू एलीमेन्टरी स्कुल रह्यो । स्कुल विमानस्थलभन्दा झण्डै १९ मील पूर्व छ ।

त्यहाँ २० विद्यार्थी र थप ११ व्यक्तिहरु चोट लागेको थियो । चोट लागेका सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

त्यसबाहेक स्यान ग्याब्रियल एलिमेन्ट्री, ग्राहम एलिमेन्टरी, ट्वीड एलिमेन्ट, ९३वे स्ट्रीट एलिमेन्ट्री र जोर्डन हाई स्कूल क्षेत्रमा पनि जेट इन्धन झरेको थियो ।

जेट इन्धन झरेको क्षेत्रका मानिसले साबुन पानीले धोएका त्यसलाई पखालेका थिए । तर साबुन पानीले धुदाँ पनि अवस्थामा सुधार नभएका केहीलाई अस्पताल भर्ना गर्नु परेको थियो ।

दमकल विभागका निरीक्षक स्काई कर्नेलले इन्धन लागेका विद्यार्थीलाई कपडा फेर्नको लागि ‘गाउन’ दिइएको बताए ।

एक विद्यार्थीले सुरुमा पानीको छिटा होला भन्ने ठानेको तर आकासतर्फ हेर्दा जहाजको इन्धन रहेको पत्ता लागेको बताए ।

खासमा के भएको थियो ?

डेल्टा एयरलाइन्सले दिएको जानकारी अनुसार जेट विमानको इन्धन चीनको सांघाईतर्फ जादैं गरेको विमानबाट झरेको थियो ।

तर उडेको केही समयमै विमानमा प्राविधिक खराबी देखिएपछि विमानलाई तुरुन्त लस एन्जल्स विमानस्थल फिर्ता गर्नुपरेको थियो ।

२८८ यात्रु सवार विमानलाई सुरक्षित अवतरण गराउनको लागि विमानबाट इन्धन हटाउनुपर्ने थियो ।

विमानबाट इन्धन झार्ने कार्य उड्यन क्षेत्रमा प्रयोग हुने गरे पनि त्यसको लागि विमानलाइ अनकन्टार स्थान वा धेरै माथि उचाईमा लानुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!