बुधबार, भाद्र ३१, २०७७ || 1121  पटक पढिएको

बलिउड अभिनेता सन्जय दत्त पछिल्लो दिनमा आफ्नो उपचारको क्रममा छन् । उनी छातिको क्यान्सरसँग जुधिरहेका छन् । उनको मुम्बईमा उपचार भइरहेको थियो । सन्जय अस्पतालमा रहेको उनकी पत्नी मान्यताले अपडेट गराइरहेकी हुन्छिन् ।

आफ्नो उपचारको लागि सन्जय मुम्बईबाट दुबई गएका छन् । दुवई जादै गर्दा सन्जयको लुक पनि बदलिएको छ । केहि महिनादेखि लामो दारीमा देखिएका सन्जयले आफ्नो रुप बदलेका छन् ।

फ्लाइटमा भएका सन्जयले फोटोमा माक्स लगाएका छैनन् । उनले क्लीन शेव गराएका छन् । लामो समयसम्म दाह्रीमा देखिएका अभिनेतालाई क्लीन शेवमा देख्दा नौलो महसुस हुन्छ । उनको फ्लाइटमा बसेको यो तस्वीर पत्नी मान्यताले इन्टाग्रामको स्टोरीमा पोस्ट गरेकी हुन्, जसमा सन्जय दत्त क्लीन शेवमा देखिएका छन् ।

उनको हेयर कट पनि धेरै फरक छ । सन्जय र मान्यता दत्तको उक्त फोटो निकै सुन्दर देखिन्छ । सन्जय दत्तका केही वर्षदेखि नै राम्रा फिल्म प्रदर्शन भएका छैनन् । हाल मात्र रिलिज भएको फिल्म सडक २ लाई मानिसहरुले खासै रुचाएनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!