हिपमत डटकम
काठमाडौं,१ माघ :थुप्रै वर्षसम्म आफ्नो भाइको मद्दतका लागि दैनिक करिब २ युआन (३२ रुपैयाँ) मा आफ्नो जीवन गुजारा गर्ने अत्यधिक कुपोषित दिदीको निधन भएको छ । चिनियाँ मिडियाले यसबारे जानकारी दिएको छ ।

२० किलो तौल भएकी वु श्वायेनको तस्बिर गत वर्ष सार्वजनिक भएको थियो । उनको तस्बिर देखेर चिनियाँ जनता नै हैरान भएका थिए ।

सन् २०१९ को अक्टोबरमा उनलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मद्दतका लागि थुप्रै मानिस अघि सरेका थिए । उनका भाइले आफ्नी दिदीको सोमबार निधन भएको जानकारी दिए ।

बेइजिङ युथ डेलीसँगको कुराकानीमा उनका भाइले आफ्नी दिदीको २४ वर्ष उमेरमा निधन भएको जानकारी दिए । भाइको पहिचान उजागर गरिएको छैन ।

डाक्टरका अनुसार वु श्वायेन विगत पाँच वर्षदेखि निकै कम खाना खाइरहेकी थिइन् जसका कारण उनको मुटु र मृगौलामा असर पुगेको थियो ।

के हो वु श्वायेनको कहानी ?

वु श्वायेन र उनका भाइले थुप्रै वर्षसम्म दैनिक गुजाराका लागि अत्यधिक संघर्ष गरे । जब उनी चार वर्षकी थिइन् तब उनकी आमाको निधन भयो र पिताको मृत्यु हुँदा उनी स्कूलमा थिइन् ।

वु श्वायेन र उनका भाइलाई सुरुमा उनकी हजुरआमाले हेरविचार गरे र पछि काका–काकीले जसले उनीहरुलाई महिनामा ३ सय युआनमात्रै दिन सक्थे ।

त्यो पैसा पनि भाइको औषधीमा नै खर्च हुन्थ्यो । उनको भाइलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या थियो ।

पैसा बचाउनका लागि वु श्वायेनले आफूमाथि दैनिक २ युआन मात्रै खर्च गर्न सुरु गरिन् र पाँच वर्षसम्म थोरै भात र खुर्सानी खाएर गुजारा गरिन् । जब उनलाई अस्पताल ल्याइयो तब उनको उचाई ४.५ इन्च थियो ।

डाक्टरका अनुसार उनी यति धेरै कुपोषित थिइन् कि उनको आँखीभौं र करिब आधा कपाल झरिसकेको थियो ।

यी दिदी भाइ गिजो प्रान्तमा बस्थे । यसलाई चीनको सबैभन्दा गरिब प्रान्त मध्येको एक मानिन्थ्यो । यो घटनाले चीनमा गरीबीलाई चर्चामा ल्याएको छ ।

चीनको अर्थव्यवस्था पछिल्ला केही दशकमा निकै उत्कृष्ट भएको छ र तर गरीबी भने समाप्त भएको छैन । नेशनल ब्यूरो अफ स्ट्याटिक्सका अनुसार ुन् २०१७ मा ३.४६ करोड ग्रामीण जनसंख्या गरीबीको रेखा मुनी जीवन बिताइरहेको थियो ।

यहाँ असमानताको खाडल पनि निकै फराकिलो छ । सन् २०१८ को अन्तर्राष्ट्रिय मुद्रा कोषको रिपोर्ट अनुसार चीन संसारको सबैभन्दा धेरै असमानता भएको देशमध्येको एक हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!