बुधबार, भाद्र ३१, २०७७ || 817  पटक पढिएको

अभिनेत्री उषा रजक अस्पतात भर्ना भएकी छन् । सवारी दुर्घटनामा घाइते भएकी उनलाई मंगलबार साँझ नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । बुधबार राखिएको एक म्युजिक भिडियो छायाँकनका लागि पहिरन छनौट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उनी सवार स्कूटरलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि सामान्य उपचार गरेर घर फर्किएकी उनलाई साँझ असैह्य दुखाई भएपछि परिवारका सदस्यले अस्पताल पुर्याएका हुन् । उनको बाँया पट्टीको घुँडा र टाउकोमा चोट लागेको निर्देशक निर्देशक सुव्रत आचार्यले जानकारी दिए । ‘उषालाई बाहिरि भन्दा पनि भित्रि चोट देखिएको छ’ निर्देशक आचार्यले भने ‘ अन्य स्वास्थ्य अवस्था भने सामान्य छ ।’

उषा बुधबार आचार्यकै निर्देशन रहने एक म्युजिक भिडियो अभिनय तयारीमा थिइन् । उनको दुर्घटना भएपछि भिडियोको छायाँकन रोकिएको छ ।पूर्व मिस नेपाल समेत रहेकी उषाले फिल्म, नाटक र थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!