बुधबार, भाद्र ३१, २०७७ || 853  पटक पढिएको

वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिकामा पर्ने सडक निर्माणमा ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । बुधवार बानियाँ निर्माण सेवाले ठोरी गापाको विजयवस्तीदेखि मालीबस्ती सडकखण्डमा कालोपत्र गर्ने क्रममा लापरवाही गरेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

बुधवार सो सडकखण्डमा अन्तिम चरणको कालोपत्र गर्ने क्रममा सडकको सफाइ नगरिएको, मसिनो गिट्टी बिच्छ्याएको, सडकको मोटाइ कम गरेको, सडकमा खाल्डाखुल्डी रहेको भन्दै विजयवस्ती बासिन्दाले विरोध गरेपछि ठेकेदार कम्पनीले गल्ती स्वीकार्दै सडकको स्तर परीक्षण गर्ने र प्राविधिक नआउन्जेलसम्म कालोपत्र गर्ने काम रोकेका थिए । यसअघि, ठोरी गापा–४ मिलचोकमा निर्माण सेवाले पहिलो चरणको कालोपत्र गर्ने क्रममा लापरवाही गरेपछि स्थानीयले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!