सिरहा भन्सार कार्यालय, माडरले विभिन्न समयमा भन्सारमा बुझाइएका सवारी साधनको लिलामी प्रक्रिया अगाडि नबढाउँदा लाखाैं मूल्यका सवारी साधनहरु कवाडी बन्दै गएको छ । लिलामी प्रक्रियाका लागि भन्सार परिसरमा दुई दर्जन चार पाङ्ग्रे तथा एक सयभन्दा बढी दुई पाङ्ग्रे मोटरसाइकलहरु खुला आकाशमुनि यत्रतत्र थुपारिएर राखिएका छन् । पहिलेकै सवारी साधन लिलामी प्रक्रियामा नजाँदा नयाँ बुझाइने सवारी साधनको लागि भन्सार परिसरमा राख्ने ठाउँको समेत अभाव छ ।

भन्सार परिसरमा बुझाइएका सवारी साधनहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भन्सार कार्यालय आफैंले भारतीय बजारबाट भन्सार छली गरी बरामद भएका तस्करीका मालसमान बोकी आएको जीप, कार, भ्यान, म्याजिक, मिनी ट्रक तथा मोटरसाइकलहरु हुन् । मुद्दाको दशीको रुपमा बुझाइएका ती सवारी साधनहरु सम्बन्धि मुद्दाको टुड्ढो लागिसके पनि सवारी साधनको टुड्ढो लागेको छैन । मुद्दामा जफत गरिएका सवारी साधनको लिलामी प्रक्रिया अगाडि नबढ्दा अधिकांश सवारी साधनहरुको मोटरपार्ट्स खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।
कसूर ठहर भई जफत भएका सवारी साधन लिलामी गरी त्यसबाट प्राप्त हुने आम्दानी राज्यको राजस्व खातामा जाने कानूनी प्रावधान छ तर भन्सार कार्यालयले लिलामीको प्रक्रिया अगाडि नबढाएकोले उक्त सवारीसाधन कवाडीको अवस्थामा पुग्न लगेर राज्यलाई हुने आम्दानीसमेत प्राप्त नहुने अवस्थामा छ ।

‘समयमै ती सवारी साधनहरु लिलामी हुने हो भने तिनीहरुको राम्रो मूल्य लाग्न सक्थ्यो,’ सिरहा सदरमुकामका मोटरपार्ट्सका व्यवसायी शम्भु साहले भन्नुभयो–भन्सार कार्यालयले लिलामीप्रति बेवास्ता गर्दा अब ती सवारी साधनहरु कुहिएर कवाडीको भाउँमा बेच्नुपर्ने अवस्था आउन सक्छ । करौडौं मूल्यका सवारीसाधन अहिले कवाडी बन्दै गए पनि भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेल त्यसको दोष अन्यत्रै लगाउनु हुन्छ । ‘हाम्रो कार्यालयमा प्राविधिक नभएकोले लिलामी प्रक्रियाका लागि यातायात व्यवस्था कार्यालयलाई प्राविधिक पठाइदिन आग्रह गरिरहेका छौ तर त्यहाँबाट आउने प्राविधिकले त्यति वास्ता नगरेकोले लिलामी प्रक्रियाका लागि ढिलाई भइरहेको छ’, सिरहा भन्सार प्रमुख पौडेलले भन्नुभयो–एक वर्ष अगाडि एक पटक यातायात व्यवस्था कार्यालयलाई पत्र पठाएको छु, त्यसपछि मौखिक रुपले पनि मूल्याङ्कन गर्न आग्रह गरिरहेको छु तर त्यहाँबाट कुनै प्राविधिक पठाइएको छैन ।

भन्सार प्रमुख पौडेलको कुरा खण्डन गर्दै यातायात व्यवस्था कार्यालय लहानका प्रमुख मिनप्रसाद पौडेलले आफ्नो कार्यालयबाट पटक पटक प्राविधिकको रुपमा कार्यरत मेकानिकल इञ्जिनियरलाई नै मूल्याङ्कनको लागि भन्सार पठाइएको जानकारी दिनुभयो । ‘हाम्रो प्राविधिक त्यहाँ पुग्नुहुन्छ तर त्यहाँबाट कार्यालयस्तरमा उहाँहरुलाई कुनै सहयोग नै गरिंदैन‘, यातायात प्रमुख पौडेलले भन्नुभयो–भन्सार परिसरमा रहेका कुन् सवारी साधन लिलामीको लागि राखिएका हुन्, कुन् होइनन् भन्ने कुरा पनि बताईंदैन, कसरी हाम्रो प्राविधिकले काम गर्ने ?
‘सिरहा भन्सारसँगै लिलामीको लागि मूल्याङ्कन गरिएका सप्तरी भन्सार कार्यालय, अदालत तथा अन्य निकायका सवारी साधन लिलामी प्रक्रियातर्फ गइसकेका छन्’, यातायात कार्यालयका प्रमुख पौडेलले गुनासो गर्नुभयो–भन्सार कार्यालयमा जाँदा हाम्रो प्राविधिकलाई अन्य सेवाग्राही जस्तो यो कोठामा जानुस्, त्यो कोठामा जानुस् भनेर झाराटराई गर्ने प्रवृति मात्रै दोहो¥याइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!