मंगलबार, भाद्र ३०, २०७७ || 628  पटक पढिएको

कोरोना भाइरसका कारण लकडाउनमा परेका भारतीय फिल्म उद्योग करिब दुई महिना देखि भारतीय संचारमाध्यमको प्रमुख समाचर बनेको हो । बलिउड अभिनेता सुशांत सिंह राजपुतको मृत्यु प्रकरण र रिया चक्रवर्तिको लव कनेक्सनमा ड्रग्सको इन्ट्री भारतीय सांसदमा समेत वहसको विषय बनेको हो ।

सांसद देखि सोसल मिडिया सम्म नेता अभिनेताको बाकयुद्धको क्रम लगातार एक पछि अर्को प्रतिउत्तरले अन्य विषयलाई मिडियाको क्रमांकमा पछाडि छोडेका छन् । भारतीय लोकसभाको सोमवारको चालु सत्रमा आफ्नो अभिव्यक्ति राखदै भाजपा सांसद अभिनेता रवि किशनले ड्रग तस्करी पाकिस्तान र चीनबाट भइरहेको र यसमा फिल्म उद्योगसँग सम्बन्धित व्यक्तिको नाम तस्करीमा आउँदैछ भन्दै यस्तो ड्रग्स रैकेटको छानबिन गरी दोषीमाथि कारबाही गर्नु पर्ने माँग गरेका थिए । उनले लागु औषधको तस्करी देशको युवा पुस्तालाई बिगार्न षडयन्त्र हो । यस विषयमा कडा कारबाही हुनुपर्दछ र चीन र पाकिस्तानको षडयन्त्रमा प्रतिबन्ध लगाउनु पर्छ भनेका थिए ।
जसको प्रतिउतरमा मंगलवारको सत्रमा राज्यसभा सांसद जया बच्चनले भोजपुरी सिनेमाका वरिष्ठ अभिनेता तथा उत्तर प्रदेश गोरखपुरका सांसद रवि किशनको नाम नलिन आक्रमण गरे । सांसद बच्चनले केहि व्यक्तिले बलिउडलाई बदनाम गर्ने षडयन्त्र गरि रहेको आरोप लगाउँदै फिल्म उद्योगबाट आएका एक जना सांसदले फिल्म उद्योग बिरुद्द बोलेकोमा म अत्यन्तै लज्जीत भएँ, यो लाजमर्दो कुरा हो, खाने प्लेटमा प्वाल पार्नु गलत हो भन्दै फिल्म उद्योगलाई सरकारको समर्थन चाहिन्छ भनेकी थिइन ।
सांसद बच्चन र रवि किशनको वाकयुद्ध भई रहेकै बेला बिच्चमै बलिउड अभिनेत्री कंगना रनावतले जोरदार इन्ट्री गरिन् । जाय बच्चनको बयान सकिन लगतै अभिनेत्री रनावतले जयमा माथी प्रश्न उठाउँदै “जयाजी तपाई की छोरी श्वेतामाथी कुटपिट, ड्रग्स र दुर्व्यवहार भएको खण्डमा पनि तपाईं त्यस्तै नै भन्नु हुन्थ्यो ? यदि अभिषेकले पनि आफु उत्पिडनमा परेको र मानसिक तनावले झुण्डीएको भए ? अलिकति हामी माथी पनि दया देखाउनुस्” भन्दै ट्वीट गरिन् ।
जया बच्चनको प्रति उत्तरमा अभिनेता सांसद रवि किशनले म जया बच्चनबाट त्यस्तो आशा न गरेको भन्दै वहाँबाट आफुले समर्थन पाउने आश गरेको थिए । शायद जया जीले मेरो कुरा रम्ररी सुन्नु भएन की जस्तो लागि रहेको अभिव्यत्ति दिए । सांसद रविले एउटा योजना तहत विश्वकै सबभन्दा ठूलो फिल्म उद्योग भत्काइने कार्य भइ रहेकोले हामीलाई यो उद्योग बचाउनु पर्छ र यसको लागि म अबाज उठाउँदैछौं । त्यसैले यस कार्यमा म आफ्ना वरिष्ठहरुबाट सहयोग चाहन्थे । हिजो मैले आवाज उठाएँ र मलाई समर्थन गर्नुको सट्टा दुर्व्यवहार गरियो भन्दै आफ्नो आक्रेश व्यक्त गरे ।
जया बच्चन र रवि किशनमा भएको दोहोरो बाक युद्ध दिन भरी प्रमुख चर्चाको विषय बनेको हो । जयाले तालाबन्दीको क्रममा केहि यस्तो परिस्थिति भयो कि मनोरञ्जन जगतलाई सोशल मिडियामा कडा आलोचनाको सिकार बनाइयो र यसलाई “नाली” भनियो । ’यो सहि छैन । यस्तो भाषा माथी प्रतिबन्धित लगाउनु पर्छ भने । त्यस्तै सांसद रवि किशनले म घिसार्दै आएको हुँ यो ठाउँमा । प्लेट भाँचेको छैन । म एक साधारण ब्राह्मणको छोरो हुँ । कसैको समर्थन बिना यो ठाउँ सम्म पुगेको छु । दोहरो बाक युद्धको क्रम जारी नै रहेको र कहाँ सम्म जाला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!