पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो कुरा बताएका हुन् । ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ,’ उनले भने । अन्तर्वार्ताका क्रममा उनले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका थिए । पाकिस्तानको लाहोरमा गत हप्ता एक महिला आफ्ना बच्चाकै अगाडि सडकमा सामूहिक बलात्कृत भएकी थिइन् ।पञ्जाव प्रान्तको लाहोर सहरनजिकै कारमा रहेकी महिलालाई कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो । त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के–कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् । त्यसपछि उनका गरगहना पनि लुटिएको थियो । यस घटनापछि पाकिस्तानका विभिन्न सहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरू भएका छन् ।त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!