मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण आगलागी शुरु भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् । राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ । स्थानीय अग्निनियन्त्रक कमान्डर लुइस बेलो कोस्टाले जंगलको आगो झण्डै ५५ किलोभर क्षेत्रमा फैलिएको जानकारी दिए । सुख्खा मौसम र जंगलभित्रका साना बुट्यान सुकेकाले पनि आगो नियन्त्रण बाहिर पुगेको छ । पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ । कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको बताइएको छ । तीन वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!