सोमबार, भाद्र २९, २०७७ || 1263  पटक पढिएको

युएस ओपन टेनिस दोस्रो पटक जितेपछि नोआमी ओसाका चर्चाको शिखरमा छिन् । उनले यसपटक टेनिस कोर्टमा आफूलाई पृथक रुपमा प्रस्तुत गरेकी थिइन् । हरेक पल्ट कालो मास्क लगाइन् जसमा विभिन्न समयमा मारिएका काला जातिकाहरुको नाम थियो ।

ओसाका रङ्गभेदविरुद्ध पृथक ढंगले प्रस्तुत भइरहेकी छिन् । जापानी आमा र जमैकाका बाबुकी छोरी ओसाका अमेरिकामा हुर्किइन् । उनी जापानी नागरिक हुन् ।

२२ वर्षीया ओसाका डेढ वर्षयता प्रेमसम्बन्धमा छिन् । उनको केटा साथी कोरडाइ अमारी डनस्टन हुन् । उनी २३ वर्षका भए । कोरडाई लोकप्रीय हिपहप गायक हुन् । गीत पनि लेख्छन् । पछिल्लो समय अमेरिकामा रङ्गभेदविरुद्धको आन्दोलनमा उनी झन् चर्चाको शिखरमा पुगेका थिए ।-Photo Source: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!