बुधबार, माघ ०१, २०७६ || 801  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ १ माघ : रोग निको हुने विश्वासले एक किशोरी ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित आशा विश्वासी मण्डली पुगिन् । नियमित चर्च धाउने क्रममा पास्टर ध्रुवबाबु जोशीसँग उनको चिनजान भयो ।बाथ रोगका कारण खुट्टा काम्ने समस्याबाट गुज्रिएकी उनले आफ्नो पीडा पास्टर जोशीलाई सुनाइन् । सानैमा नराम्रो काम गरेकाले रोग लागेको र पापबाट मुक्त हुन यौन सम्पर्क गर्नुपर्ने भन्दै उनले किशोरीलाई फकाउन थाले । पटकपटक बलात्कार गरेपछि किशोरीले जोशीविरुद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा जाहेरी दिइन् । तीन महिनायता पटकपटक यौन सम्पर्क गरेको किशोरीको जाहेरीमा उल्लेख छ । अन्तिमपटक पुसको पहिलो साता चापागाउँ मोडस्थित गेस्ट हाउसमा लगेर जबर्जस्ती करणी गरेको र कसैलाई भने शक्ति नाश हुने भन्दै त्रासमा पारेको उनको भनाइ छ ।

कुसुन्तीबाट पक्राउ परेका गोरखा नगरपालिका–६ निवासी जोशीलाई जिल्ला अदालत ललितपुरले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दुर्गा सिंहले म्याद थपको अवधिभित्र सरकारी वकिलमार्फत् बयान लिई अदालतमा पेस गर्ने बताइन् । किशोरी हाल ओबीएन नामक संस्थाको संरक्षणमा छिन् ।
कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!