शनिबार, भाद्र २७, २०७७ || 767  पटक पढिएको

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले एमसीसी तत्काल पारित नहुने स्पष्ट पारेका छन् । हिजो बसेको स्थायी कमिटी बैठकमा एमसीसी परिमार्जनसहित पारित गर्ने निर्णय भएको कुरा बाहिर आएको भोलिपल्ट नेता खनालले यस्तो बताएका हुन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा खनालले एमसीसीका सम्बन्धमा अब बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने जनाए । उनले भने, एमसीसी अहिले पारित हुँदैन् । हिजो बसेको स्थायी कमिटी बैठकमा परिमार्जनसहित एमसीसी पारित गर्ने निर्णय भएको हो । तर, तत्काल पारित हुँदैन् ।

उनले एमसीसीको सम्बन्धमा स्थायी कमिटीको अर्को बैठकमा बृहत्त छलफल हुने जानकारी दिए । उनले भने,‘अबको बैठकमा हामी एमसीसीका कुन कुन बुँदा परिमार्जन गर्ने भन्नेबारेमा केन्द्रित रहेर छलफल गर्छौं । तर, अहिले पारित हुँदैन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!