विदेशमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील गायक बिन्ती कुमार गुरुङले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘काफल पाक्यो’ सार्वजनिक गरेका छन्।

गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई ळहाङ सुब्बाले संगीत संयोजन गरेका हुन्। पुर्वीय र पश्चिमी शैलीको फ्युजन रहेको यस गीतमा गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन्।

म्युजिक भिडियोमा गायक गुरुङको साथमा आयशा अनवरको अभिनय देख्न सकिन्छ। भिडियोलाई गायक गुरुङको अफिसिएल च्यानल ‘बिन्ती कुमार गुरुङ’ मार्फत सार्वजनिक गरिएको छ। सुनिल उप्रेतीको छायांकन , सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

यसअघि गायक गुरुङले चर्चित गायिकाहरु अन्जु पन्त र मेलिना राई संगको सहकार्यमा ‘माया त यस्तो’ , ‘फुलभन्दा नि राम्री’ बोलको गीतहरु सार्वजनिक गरिसकेका छन्। यसअघिका गीत संगीत जस्तै यस भिडियोबाट दर्शक , स्रोताको सकारात्मक प्रतिक्रियाको अपेक्षा गायक गुरुङले गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!