गएराति रोल्पाको लुङ्गी गाउँपालिका– १ ऐते गाउँमा पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको छ ।

ऐते गाउँका ज्ञानसिङ्ग घर्तीको गोठ माथिबाट आएको पहिरोले पुरिँदा गोठमा सुतिरहेका उनका ११ वर्षीय छोरा युवराज र ८ वर्षीय अर्का छोरा अमर घर्तीको ज्यान गएको हो ।

घटनाको पुष्टि गर्दै रोल्पाका प्रहरी प्रहरी प्रवक्ता तथा इन्सपेक्टर शंकर खड्काले तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले पहिरोले पुरिएका दुई बालकको शव निकालेको जानकारी दिए ।

बालकहरुसँग गोठकै सुतेका अन्य २ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए । इन्सपेक्टर खड्काका अनुसार बालकका आमा र हजुरआमाको उद्दार गरिएको हो ।

उनीहरु सामान्य घाइत रहेको र स्थानीय प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!