सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीको धनगढी स्थित दिनेश संचार गृहमा शुक्रवार १५, २० जनाको एक समुह प्रवेश गरेर साङ्घातिक आक्रमण गरेको छ ।

युवाहरुको हुल समाचार कक्षमै प्रवेश गरेर सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि अन्धाधुन्द कुटपिट गरेको सम्पादक नवराज पनेरुले बताएका छन । यसैगरि उक्त समुहले व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेको उनले बताए।

‘शुक्रवार दिउसो १२ बजेतिर एक्कासी १५, २० जनाको समुह संचार गृह भित्र प्रवेश गरेर समाचार कक्षमा पुग्यो । दिनेश खवरमा धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने प्रकाशित समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै उनीहरु एकाएक साघातिक आक्रमणमा उत्रे’व्यवस्थापक कुँवरले भनिन्,‘हामी महिलामाथी पनि दुव्र्यवहार र हातपात गरे ।’ समाचार कक्षमा कुटपिटवाट पत्रकार बिष्ट घाइते भएका छन ।

उनको दुवै आखाँमुनी कुटपिटवाट सुन्निएको छ ।‘दुवै हातले टाउको जोगाएकोले बढी चोट लाग्नवाट जोगियो, आखाँमुनीको भाग मात्र सुन्निएको छ’उनले भने,‘एकाएक समाचार कक्षमा आएर म माथी कुटपिट गरेका हुन ।’ एक हुल समाचार कक्षमा प्रवेश गरेर पत्रकारमाथी सामुहिक रुपमा कुटपिट गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ ।

कुटपिट गर्ने समुहमा रहेकाले कुटपिट गरेको वेला फेसवुक लाईभ समेत गरेको थियो ।‘संचार गृहमा प्रवेश गरेर पत्रकारलाई सामुहिक रुपमा कुटपिट गरेको फेसवुक लाईभ समेत गरे’प्रवन्ध निर्देशक गोपाल हमालले भने,‘यो भन्दा बढी गुण्डाराज के हुनसक्छ, यो पाराकाष्ठा भो ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको उनले बताएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!