शुक्रबार, भाद्र २६, २०७७ || 917  पटक पढिएको

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरि संक्रमितको संख्या ४५ लाख ६२ हजार चार सय १५ पुगेको जनाएको छ । संक्रमितमध्ये ३५ लाख ४२ हजार ६ सय ६४ जना भने निको भइसकेका छन् । हाल नौ लाख ४३ हजार चार सय ८० जना संक्रमित अवस्थामा छन् ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ७६ हजार दुई सय ७१ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेशमा संक्रमणको प्रभाव देखिएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सयजना सक्रिय संक्रमित छन् ।

महाराष्ट्रमा अहिलेसम्म ६ लाख ८६ हजार चार सय ६२ जना संक्रमित भइसकेका छन् । त्यहाँ २७ हजार सात सय ८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार दुई सय ७१ जना अझै पनि संक्रमित छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६ सय सातजना संक्रमित भएको र चार हजार ६ सय ३४ जनाकाे मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!