मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्युट प्रा.लि पछिल्लो समय सामाजिक उत्तरदायित्व सहित कोरोनाका कारण दैनिक रोजगारी गुमाएर समस्यामा परेका परिवारका लागी सहयोगी बन्दै गएको छ । प्राविधिक तालिम सिकेर समाजमा आफनो सिपको सदुपयोग गरेर रोजगार बनेका उनिहरु विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसका कारण दैनिक रोजगारी गुमाउन बाध्य भई समस्या देखेर उनिहरुलाई ईन्ष्टिच्युटले राहत सामाग्री उपल्वध गराउन थालेको क्षेत्रिय प्रमुख गणेश दाहालले जानकारी दिए ।
मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि.ले युनेस्को, यूएनएफपीए, युएनओमनको संयुक्त कार्यक्रम अन्र्तगत सिपमुलक तालिम सिकेका विपन्न महिलाहरुलाई राहत सामग्री वितरण गर्दै आएको छ । सोही क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ४,५,९ र १० का किशोरी, एकल महिला, शारिरिक अशख्तm गरी १० परिवारलाई घरायसी खाधान्न सहित राहत सामग्री वितरण गरेको छ । मनकामना ट्रेनिङ्गले उनिहरुलाई चामल दाल, तेल,नुन, चिनी, सेनिटाइजर, मास्क, सेनेटरी प्याड, ग्रोल्वस, टुथपेष्ट, ब्रस, तौलिया, साबुन, सरफ, लिटो लगायत १५ किसिमका सामान उपल्वध गराएको छ । उक्त राहत सामाग्री बराहक्षेत्र नगरपालिका वार्ड नं.१० का वडाध्यक्ष महेन्द्र बहादुर खत्री, सदस्य भक्त बहादुर गुरुङ्ग, समाजसेवी समिता पोखरेल र मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्युटका क्षेत्रीय संयोजक गणेश दाहालले वितरण गर्नुभएको थियो । यस अघि सुनसरी दुहवीका १० परिवार समेतलाई राहत उपल्वध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!