खबर ठुलो छ

जतीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो ।

काउछा मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल वर्षा भएको बेला उनको घरमा ओत लाग्न पुगेका स्थानीय श्याम नेपाली परियारलाई घरभित्र पसेको आरोप लगाउदै पञ्चायती शैलीमा गाउँमै कारवाही गरिएको थियोे । मगरले आफ्ना दाजुभाइको हुल्जथ्था जुटाइ बलपूर्वक परियारलाई लछारपछार गर्दै बाहुन बोलाएर घर चोख्याउनका लागि भन्दै १५ सय जरिवाना तर्न लगाएका थिए ।

घटनाबारे  बिभिन्न प्रत्रिकाहरु समाचार प्रकाशित भए लगतै स्थानीयदेखि केन्द्रसम्मका दलित अधिकारकर्मीहरु न्यायको पक्षमा एकजुट भएका थिए । उनीहरुले पीडकविरुद्ध नेपालीलाई अदालतमा जतीय विभेद तथा छुवाछुतको मुद्दा हाल्न लगाएका थिए । सोही अनुरुप चलिरहेको बहसका क्रममा प्रहरी हिरासतमा रहेका काउछालाई ६० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । यसबारे फैसला गर्दै न्यायाधीश उप्रेतीले मगरलाई ३ महिना कैद सजाय, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका मेलमिलापकर्ता गणेश विश्वकर्माले जानकारी दिए ।

जिल्लाका अगुवा दलित अधिकारकर्मीसमेत रहेका विश्वकर्माले जिल्लामा जातीय विभेद विरुद्धको मुद्दामा जेल सजायको फैसला सुनाइएको यो पहिलो घटना भएको बताए । काउछाले आगामी ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने छन् । त्यस अवधि नाघे लगतै उनलाई पक्रेर जेल चलान गरिने अदालतले जनाएको छ ।

३ वर्षअघि मुसिककोट नगरपालिका–४ बडागाउ हलोगाडेका कर्णबहादुर नेपालीलाई घरको भाडा छोएको आरोप लगाउँदै स्थानीय राजु कार्की र उनकी आमाले मरणासन्न हुने गरी कुटेका थिए । उनीहरु विरुद्ध मुद्दा परे पनि जनही २५ हजारका दरले धरौटीमा छाडिएको थियो ।

शुक्रबार, भाद्र २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया