हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर-बधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती सर्वश्रेष्ठ मानिन्छन् । धर्मशास्त्रमा ‘३२ गुणले सम्पन्न’ नारीका बारे उल्लेख गरिएको हुन्छ ।महिलनामा हुनु पर्ने ३२ लक्षणहरु यी हुन् –

१) चमक्क चम्किने केश हुनु ।२) हातका औँला लामा–लामा हुनु ।३) दुढ आत्मविश्वास हुनु ।४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।६) हरिणका जस्ता फिला हुनु ।७) गुप्ताङगहरु गुप्त रहनु ।८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।११) पाखुरा राम्ररी फर्कने हुनु ।१२) पाखुरा लामा हुनु ।१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।
१४) शंख समान घाँटी हुनु ।१५) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।१६) ३२ वटा दाँत हुनु ।१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।१८) समान मिलेका दाँत हुनु ।१९) बंगारा स्वच्छ र सुन्दर हुनु ।२०) जिब्रो लामो हुनु ।२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२) पातलो (सुरिलो) स्वर हुनु ।२३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।२४) कुरा (बाचा)मा अडिक रहनु ।२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।२६) मिलेको कपाल हुनु ।२७) अल्छी नहुनु ।२८) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।३०) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।३१) स्वभाव लज्जालु हुनु ।३२) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!