बिहिबार, भाद्र २५, २०७७ || 1011  पटक पढिएको

आज चर्चित अभिनेता जीवन लुइँटेलको जन्मदिन परेको छ । उनी आज आफ्नो ३९औं जन्मदिन मनाउदैछन् । तर उनी हाल भने नेपाली सिने उधोगबाट भने बि रानो भैसकेका छन् । फिल्म ‘नाई नभन्नु ल’ बाट नेपाली सिने क्षेत्रमा चर्चा कमाएका उनी धेरै दर्शकले मनपराउने अभिनेता मा पर्छन् ।

उनले ‘तिर्खा’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । सन् १९८१ सेप्टेम्बर १० तारिखका दिन मोरङको सुन्दर हरैचामा जन्मेका हुन । सन् २००२ अघि मोडलिङमा व्यस्त रहेका उनि सन् २००२ का मिस्टर नेपाल समेत हुन् । लुइँटेल २००७ देखि सिनेमा संसारमा प्रवेश गरेका हुन् । उनी यस क्षेत्रमा रमाउँदा रमाउँदै विस्तारै हराउँदै गएका हुन् ।

हाल अमेरिकामा जिन्दगी चलाइरहेका उनी अब चलचित्रको पुरानै स्थानमा आउने सम्भावना निकै कम छ । तर, सामाजिक संजालमा पछिल्लो समयदेखि सक्रिय बनेका लुइँटेलले नेपाली र नेपाली सिनेमा प्रती माया दर्साएको देख्न सकिन्छ । उनले हालसम्म नाइ नभन्नु ल, बिन्दास, स्टुपिड मन, अन्दाज, ऋदम, ठूली, भूलभूलैया, नोटबूक लगायतका दर्जनौं चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!