सुन्दरहरैंचा,२५ भदौ : सुन्दरहरैंचा नगरपालिकामा काेराेना कहरकाे बेला एम्बुलेन्स अभाव भएर कोरोना संक्रमित व्यक्तीमा रोग , डर तथा त्रासमा भएको बेला सुन्दरहरैंचा नगरपालिका उपमेयर भने गुर्जो खोज्न जंगल डुल्न थालेकी छिन । केही दिन अघि मात्र इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतम आफै गुर्जो खोज्न जंगल गए पछि सुन्दरहरैंचा नगरपालिका उपमेयर पनि चर्चामा अाउँन नेकपा निकट राष्ट्रिय युवा सङ्घका युवा कार्यकर्ता लिएर गुर्जाे खाेज्न जंगल धाएकी हुन । उपमेयर साथमा केहि कार्यपालिका सदस्यहरुलाई लिएर जंगल तिर लागेकी हुन् । अाहिले सम्म खासै केही राम्रो काम गरेर चर्चामा आउन नसक्ने सुन्दरहरैंचा नगरपालिकामा उपमेयर सँग नगरपालिकामा जनप्रतिनिधिको बहुमत लिएर बसेकी छन । उनलाई कुनै पनि राम्रो ठोस निर्णय लिन नसक्ने उपमेयरको रुपमा हिजाेअाज चिन्ने गरिएको छ । पछिल्लो समय केही जनप्रतिनिहरु कोरोना संग लड्न सावधानका उपाय तथा नियम कानुन बनाउनु भन्दा क्षणिक चर्चा कमाउन यस्ता कार्यहरु गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!