मंगलबार, पौष २९, २०७६ || 1701  पटक पढिएको

प्रेम यादव
हिपमत डटकम
बिराटनगर,२९ पुस : बिपद प्रतीकार्य तालिम सुनबर्षी ५ मा मंगलबार सकिएको छ । जोखिम न्यूनीकरण कसरी गर्ने भन्ने मुल उद्देश्यका साथ सुनवर्सी नगरपालिका र सुर्य दल गण थलाहाको आयोजनामा सो तालिम सकिएको हो । गत पौस २७ गते देखि सुरु भएको तालिममा ४५ जनाको सहभागिता थियो । तालिममा प्रकोप बाट कसरी आफु बच्ने , अरुलाई कसरी बचाउने भन्ने बिषयमा सहभागिलाई प्रशिक्षीत गरिएको सुनबर्षी ३ का अध्यक्ष टेकबहादुर विष्टले जानकारी दिए । सुर्य दल गणको प्रमुख सेनानी रघुनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रङ्गेलीका प्रहरी प्रमुख लोकनाथ दाहाल, सुनबर्षी ३ का अध्यक्ष टेक बहादुर बिष्ट, ९ का अध्यक्ष कमल किशोर सिंह, विपत व्यवस्थापन समीती तथा सुनबर्षी ५ का अध्यक्ष राजेन्द्र प्रसाद दासको सहभागिता थियो । तालिम नेपाली सेनाको सुर्यदल गणले सहजिकरण गरेको थियो । कार्यक्रममा बोल्दै सेनानी पौडेलले बिपदव्यवस्थापन तालिम लिएकाहरुले दैविक विपत्तिको बेलामा सुरक्षा निकायको मुख ताक्नुनपर्ने बताए । उनलेभने,‘ प्रकृतिक प्रकोप बाजाबजाएर आउने हैन , बिपदकाबेला यो तालीमलीएकाहरुले सुरक्षा निकायलाई पर्खीएर बस्नुपर्दैन आफै उद्धारको काममा सक्रीय हुन सकिन्छ,। कार्यक्रमको अध्यक्षता सुनबर्षी ५ का अध्यक्ष राजेन्द्र प्रसाद दासले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!