खबर ठुलो छ

घरायसी विवादमा देवरको कुटपिटबाट भाउजुको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि केशरमायाको मृत्यु भएको हो ।

गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए । ज्यान जोगाउने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले जनाएको छ । रातको समय भएकाले उनको खोजी गर्दा नभेटिएपछि भोलीपल्ट बिहान २३ गते खोरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी गराए ।

राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

बिहिबार, भाद्र २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया