बिहिबार, भाद्र २५, २०७७ || 724  पटक पढिएको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानि गरि आम्दानि बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु परा हुनेछन् । व्यापार तथा पशुपालन व्यावसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पतिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घट पट आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैल बिलासी रहनेछ । नया काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पति तथा स्थाई सम्पति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यावसायमा लगानि बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यावसायमा लगानि बढाउदा मनग्गे लाभ हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरि भाग्य बृद्धि गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुटुम्ब तथा बोलि भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्ययमबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!