राम प्रेम यादब

बुधबार, भाद्र २४, २०७७ || 1324  पटक पढिएको

रंगेली नगरपालिका २ बबियाबिर्ता निवासी क्यान्सर पिडिता मन्दिरा भुजेललाई हिपमतकर्मी विरेन्द्र कुमार साहको अगुवाईमा युवा समाजिक अभियन्ता ओशिम आलमद्वारा राहत वितरण गरिएको हो ।

युवा सामाजिक अभियन्ता ओसिम आलम र उनका सहयोगी समुहद्वारा करिब २ महिना पुगने गरी चामल, दाल, तेल, नुन, चाउचाउ, चिउरा, मसाला, साबुन, लगायतका राहत सामग्री वितरण गरिएको हो ।
समाज सेवाको क्षेत्रमा समेत सकृय रहेका हिपमतकर्मी साहले करिब १८ महिना अगाडी पिडिता भुजेललाई क्यान्सर उपचारको लागि सहयोगको आवश्यकता सम्बन्धी समाचार सम्प्रेशन गरेका थिए । समाचार पश्चात विभिन्न सहयोगी हाथहरुको सहयोगले मन्दिराको उपचार काठमान्डौ स्थित नेपाल क्यान्सर अस्पताल हरिसिद्दिमा भएको हो ।

एक वर्ष सम्म उपचारमा रहेकी मन्दिरा भुजेल छ महिना अगाडी मात्र घर फर्केकी हुन् । दुई जना अपांगता बच्चा सहित आठ जाना सदस्य रहेको मन्दिराको परिवारमा कोरोना लकडाउनले गर्दा खाना समेत समस्या भएको हो । मन्दिरा परिवारको समस्या थाह पाएर आफुहरुले थोडैं भए पनि सहयोगको हाथ अगाडी बडाएको समाजिक अभियान्ता आलमले हिपमत डटकमलाई जानकारी दिए ।

समाजिक अभियान्ता आलमले कोरोना महामारीको यस्तो अवस्थामा दल र राजनीतिको कुरा छोडेर एक अर्काको सहयोग गर्नु नै हाम्रो मानवता हो र यसको लागि म र मेरो समुह जहिले पनि सकृय रहने बताउनु भयो । वहाँले थोडै भए पनि एक अर्कासंग सहकार्य गरि निभेको चुलो बाल्न सहयोगको हाथ अगाडी बढाउन सबै संग अग्रह समेत गरेका हुन् ।
विगत एक सय दिन देखि अभियन्ता आलम र उनका टिमद्वारा पिडितहरुलाई निःशुल्क खाना खुवाउने कामको चौतर्फी प्रशंसा समेत भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!