सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै सामाजिक अभियन्ताहरुले कृषिमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै सामाजिक अभियन्ताहरु जगत भुसाल र द्वारिका ढुंगेलले कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ठेक्का लिएर तोकिएको समयसम्म मल नल्याएका कम्पनीलाई कालोसूचीमा राखेर मात्रै नहुने भन्दै उनीहरुले क्षतिपूर्ति पनि भराउनुपर्ने माग गरेका हुन् । मन्त्रीलाई भेटेपछि संक्षिप्त प्रतिकृया दिँदै अभियन्ता ढुंगेलले मल नल्याउने व्यक्तिहरुलाई कालोसूचीमा राखेर मात्रै नहुने भएकाले त्यसबाट जनता र राष्ट्रलाई परेको क्षति पनि भराउनुपर्ने माग राखिएको बताए ।

विगत लामो समयदेखि नेपाली किसानहरुले मलको अभाव भोगिरहेको सन्दर्भमा नेपालमा किन मल उत्पादन सुरु हुन सकेन ? किसानहरुले कहिले समयमा मल पाउँछन् ? भन्ने विषयमा पनि कृषिमन्त्री भुसालको ध्यानाकर्षण गराइएको बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले मल नल्याउने ठेकेदार कम्पनीहरुलाई थप कारवाहीको प्रकृया अगाडि बढेको जानकारी गराएको उनले बताए । सरकारले भदौ २० सम्म मल ल्याउने गरी गत पुसमा ठेक्का गरेको भएपनि समयमै मल नआउँदा किसानहरु मारमा परेका छन् । सम्झौता गरेका शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टिपल कम्पनीलाई सरकारले समयमै मल नल्याएपछि कारवाहीको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!