बुधबार, भाद्र २४, २०७७ || 792  पटक पढिएको

पानी नै जीवन हो । धर्तिमा बस्ने कुनै प्राणी पानी बिना जीवित रहन सक्दैन । विज्ञानका अनुसार हामीले दैनिक ८ गिलास पानी पिउनु पर्छ, जुन हाम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ । तर त्यही पानीले हाम्रो ज्यान लिन पनि सक्छ । यो कुरा गजब लागे पनि सत्य हो ।

जीवन जीउनको लागि केवल पानी पिउने होइन, हामीले कसरी पानी पिइरहेका छौ यो धेरै महत्वपुर्ण हुन्छ । हाम्रो शरीरमा ५०–६९ प्रतिशत मात्रा पानी हुन्छ । पानी जति हाम्रो शरीरको लागि आवश्यक छ त्यत्ति नै हाम्रो अंगको जीवनको लागि पनि धेरै आवश्यक हुन्छ । यसले शरीरको कोशिकाहरुमा पोषक तत्वको साथै अक्सिजन पनि सप्लाई गर्दछ ।

यदि पानी पिउने समयमा उचित स्थानमा नभएमा हामीलाई जीवन दिने पानी विष पनि बन्न सक्छ । उभिएर पानी पिउँने आदत हाम्रो लागि धेरै खतरनाक हुन्छ । यसरी पानी पिउँदा पानी अंमृत नभएर विष हुन्छ, जो हाम्रो शरीरमा गएर धेरै समस्या उत्पन्न गर्न सक्छ । यसको पछाडी खतरनाक कारण छ ।

वास्तवमा उठेर पानी पिउँदा सिधै इसोफेगसबाट तिव्ररुपमा दबाबको साथमा पेटमा जान्छ । जसबाट पेट र पेटको वरिपरि डाइजेस्टिव सिस्टमलाई नोक्सान पुर्याउछ । यसको साथै हामीलाई आवश्यक न्युट्रिएंट्सको फाइदा पनि लिन सक्दैनौ ।

यसको साथै उठेर पानी पिउँदा शरीरमा भएको इप्योरिटीजन हाम्रो ब्लेडरमा गएर जम्मा भएर बस्छ, जसले हाम्रो मिर्गौलालाई समेत हानी पुर्याउछ । पानीको तिव्र वहावको कारण हाम्रो शरीरको पुरै बायोलजिकल सिस्टममा पनि नराम्रो असर गर्छ, जसको कारण जोर्नीहरु दुख्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!