मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनौतको बंगलाका केही हिस्सा तोड्न सुरु गरेका छन् जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताएका छन् । कंगना रनौतले पनि आफैले यो कारवाहीको तस्बिर ट्वीट गरेकी छिन् र मुम्बईको पुनः तुलना पाकिस्तान प्रशासित कश्मिरसँग गरेकी छिन् । यसअघि उनको यहि बयानले हंगामा मच्चाएको थियो ।कंगना बुधबार नै हिमाचल प्रदेशबाट मुम्बई फर्किरहेकी छिन् । उनले बाटोबाटै ट्वीट गर्दै लेखिन्, ‘यस्तो समय जब म मुम्बई दर्शनका लागि एयरपोर्ट जाँदै छु, महाराष्ट्र सरकार र उनीहरुका गुण्डाले मेरो सम्पत्तिलाई अवैध तरिकाले तोड्न पुगेका छन् ।’

यसैबीच समाचार एजेन्सी एएनआईले कंगना रनौतका वकिलले बम्बई हाई कोर्टमा बीएमसीको कारवाहीविरुद्ध अपिल दर्ता गरेका छन् जसमा आज सुनुवाई हुनसक्छ ।

तर मंगलबार कंगनाले भनिन्, ‘बीएमसीहरु आज आएनन्, नोटिस लगाएर पानी चुहिएको ठिक बनाउ भन्दै फिर्ता भए ।’ कंगनाले मंगलबार पुनः ट्वीट गरिन्, ‘सोसल मिडियामा मेरा साथीहरुले बीएमसीको जुन आलोचना गरेका थिए त्यसका कारण उनीहरु आज बुलडोजर लिएर आएनन् । यसको साटो उनीहरुले मेरो अफिसमा भइरहेको पानी चुहिने समस्यालाई ठिक गर्न भन्दै नोटिस टाँसेर गए ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!