मंगलबार, पौष २९, २०७६ || 3544  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२९ पौष :श्रीमा’नले विदेशमा कमाʼएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्पर्कविहिन भएपकी छिन । भरतपुर महानगरपालिका १३ उज्वʼल नगरकी २८ वʼर्षीय प्रमिला सुनार एक महिʼनाअघि देखि सम्पर्क विहिन बनेकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सʼम्पर्क विहिन बनेकी उनका श्रीमान सʼन्तोष सुनारले बताए ।

श्रीमतीले जाने बेलामा आफ्नो बुहारीलाई फोन गरेर म अब कि जानै पर्छ कि म र्न पर्छ भनेर बताएको कुरा श्रीमानले आज भरतपुरमा पत्रकार सम्मेलन गरेर बताएका छन ।

 

वैदेशिक रोजʼगरीमा रहेका सन्तोष श्रीमती सʼम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पʼर्कविहिन भएकी हुन । १ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसʼकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन । थप अनुʼसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए ।

परिवारका अनुसार नगद, गरʼगहनासहित सम्पर्कʼविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पʼहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए । विʼदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि सन्तोष तʼनावमा रहेका छन ।

पत्रकार सम्मेलनमा आफ्नो पीडा सुनाउँदै गर्दा उनी निकै भावुक बने । उनको बोली नै अवरुद्ध भएको छ । उनले बोल्नै नसकेपछि संगै रहेकी दिदीले थप कुरा खुलाएकी थिइन् । श्रीमती घर बाहिर निस्कनु अघि एक दिन पहिला पनि फोनमा कुरा भएको उनले बताए । उनले आफु हेर्दा नराम्रो भएपनि मैले जति सुख कसैले नदिने पनि उनले दावी गरे । उनले निकै भावुक हुँदै भने प्रमिला मलाई धोका दिएर गएकी छौं, म कसम खाएर भन्छु मैले जति माया तिमीलाई कसैले पनि खुसी दिन सक्दैन ।

प्रमिलाले आफु घर बाहिर निस्केर जानु अघि आफ्नो भाईबुहारीलाई फोन गरेर आफु अरुनै केटासंग विवाह गरेर जान लागेको बताएको आफुले जानकारी पाएको बताए । उनले आफु विदेशमा बस्ने केटासंग विवाह गरेर जान लागेको भनेर आफ्नो भाईबुहारीलाई भनेको पत्रकार सम्मेलनमा दिदीले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!