मंगलबार, भाद्र २३, २०७७ || 958  पटक पढिएको

सन्धिखर्क नगरपालिकाले भैंसी ब्याएपछि कृषकलाई सुत्केरी भत्ता दिने भएको छ । युवाहरुलाई पशुपालनमा लाग्‍न प्रेरित गर्न भन्दै नगरपालिकाले दुई हजार रुपैयाँ सुत्केरी भत्ता दिन लागेको हो ।

भैंसीको संरक्षण गर्न, कृषकलाई प्रोत्साहन होस् भनेर भत्ता दिन लागिएको नगरपालिकाका पशु विकास शाखा प्रमुख विजय खनालले बताए । भैंसी सुत्केरी भएको दुई महिनाभित्र भत्ता लिन आइसक्नुपर्ने र उक्त रकम पौष्टिक आहार खुवाउन प्रयोग गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

 

सन्धिखर्कमा नगरपालिकाभित्र करिब २० हजार भैंसी रहेको र तीमध्ये १० हजारजति ब्याउने अवस्थामा रहेको खनालले जानकारी दिए ।

जिल्ला सदरमुकाममा दैनिक १२ सय लिटर भन्दा बढी दूध उत्पादन हुन्छ । नगरपालिकाले पशु बिमाका लागि कृषकहरुलाई ५० प्रतिशत अनुदान दिएको छ ।

साभार:- कान्तिपुर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!