जनप्रतिनिधिले भ्रष्टाचार गरेको आरोप आईरहेको बेला मोरंङको जहदा गाँउपालिका वडा.न १ का वडासदस्य विन्देश्वर सरवरीयाले घुस लिएको पर्दाफास भएको छ ।सेवाग्राही संग केस मिलाई दिने बताउँदै नगद रु २० हजार घुस लिएका हुन् । कुन केसमा घुस लिएको भन्ने खुलेको छैन । घुस लिदै गरेको सर्वाजनीक भएको एक भिडियोमा उनि सहित चार जना रहेको छ । भिडियोमा घुस दिने मध्येका एकले तपाई जन प्रतिनिधी भएर जिम्मा लिन भएको सब भन्दा ठूलो कुरा त्यहीं हो हिन्दीमा बोलेका छन् । घुस लिने जनप्रतिनिधी सरवरीया त्यो मेरो सम्बन्धी हो कसरी मिलाएर राख्ने मेरो जिम्मा हो आफ्नो भाषामा बोलेका हुन् । हिन्दी भाषामा बोलिने व्यक्तिको अनुहार भिडियोमा देखिएको छैन । घुस लिंदै गर्दा यो कुरा पाँच जना बाहेक अन्यले थाह न पाओस भन्दै सरवरीयाले सबै संग कसम खुवाएका छन ।

जनप्रतिनिधि विभिन्न अपारधिक गतिवीधीमा संलग्न भईरहेको आरोप आईरहेको बेला एकाएक जहदा १ का वडा सदस्यले घुस लिएपछी जनप्रतिनिधिहरुको गतीविधमा शंका पैदा भएको छ । यस अघि पनि सो वडाका अध्यक्ष ज्यान मुद्दामा पक्राउ परिसकेका छन । अध्यक्ष पक्राउ परेको ६ महिना नबित्दै वडा सदस्यले जनताको मुद्दा मिलाई दिने नाउँमा घुस लिएपछी सो गाँउपालिकाका जनप्रतिनिधिहरु शंकाको घेरामा परेका छन ।
घुस लिएको पुरा भिडियो हिपमत मिडिया हाउससनग सुरक्षित छ। कुनै अनुसन्धानमा आवस्यक परेको बेला सम्बन्धित निकायलाई मिडिया हाउसले उक्त भिडियो दिएर सहयोग गर्ने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!