मंगलबार, भाद्र २३, २०७७ || 430  पटक पढिएको

भारत र चीनबीच फेरि युद्धको खतरा बढेको छ । विवाद बढेको लद्दाख क्षेत्रको पाङगोङ सो ताल नजिक हवाई फायर समेत भएको छ ।

सोमबार राति भारतीय फौजले चेतावनी दिदै फायरिङ गरेको चिनियाँ पक्षको आरोप रहेको छ । लगत्तै उक्त क्षेत्रमा तनाव बढेको छ ।
चिनियाँ पक्षबाट जनमुक्ति सेनाका पश्चिम कमाण्डका प्रवक्ता कर्णेल झाङ सुइलीले भारतीय सेनाले चीन र भारतबीचको सीमा पार गरेको र सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यसले क्षेत्रीय तनाव बढाउने र समस्या ल्याउन सक्ने चेतावनी समेत दिएका छन् ।

भारतीय सेनाले भने चीनको आरोपबारे कुनै प्रतिक्रिया नदिएको इन्डियन एक्सप्रेसले जनाएको छ । चिनियाँ पक्षले यसलाई उत्तेजित पार्ने गतिविधि भनेको छ ।

दुई देशबीच सीमामा तनाव हुन नदिन सैन्य तथा राजनीतिक तहमा समेत वार्ता भएको छ । यस्तो अवस्थामा पनि विवाद बढेको छ ।-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!