मंगलबार, भाद्र २३, २०७७ || 686  पटक पढिएको

फिल्म अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे भइरहेको अनुसन्धानले सोमबार अबेर राती एउटा नयाँ मोड लिएको छ जब मुम्बई प्रहरीले सुशान्त सिंह राजपूतकी दिदीविरुद्ध एफआइआर दर्ता गर्यो ।

समाचार एजेन्सी एएनआईका अनुसार रिया चक्रवर्तीको ऊजुरीको आधारमा सुशान्त सिंह राजपूतकी दिदी प्रियंका सिंह, दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमार र अन्यविरुद्ध बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको हो ।

बान्द्रा प्रहरीले आत्महत्याका लागि उक्साएको, धोका दिएको र आपराधिक षड्यन्त्र रचेको भन्दै मुद्दा दर्ता गरेको छ ।

रिया चक्रवर्ती सोमबार नै बान्द्रा प्रहरी स्टेशन गएर लिखित उजुरी दिएकी थिइन् जसमा उनले सुशान्तकी दिदी प्रियंका सिंह र डाक्टर तरुण कुमारमाथि नक्कली प्रिस्क्रिप्शन र टेली मेडिसिन प्राक्टिस गाइडलाइनको उल्लंघनको आरोप लगाउँदै मुद्दा दर्ता गर्न अपिल गरेकी थिइन् ।

रियाको ऊजुरीः

आफ्नो ऊजुरीमा रियाले लेखेकी थिइन्, ‘८ जूनमा सुशान्तले आफ्नी दिदीसँग मोबाइलमा मेसेजमार्फत् गरेको कुराकानी देखाएकी थिइन् जसमा उनकी दिदीले उनलाई केही औषधी प्रयोग गर्न सुझाएकी थिइन् ।

रियाका अनुसार उनले सुशान्तलाई डाक्टरले भनेको औषधी मात्रै खानुपर्छ भनेर सम्झाउने कोसिस गरेकी थिइन् । उनले सुशान्तकी दिदीसँग कुनै मेडिकल डिग्री नभएको भन्दै उनले भनेको औषधी त झन् कुनै पनि हालतमा खानु हुँदैन भनेर सम्झाएको पनि बताइन् ।

रियाले आफ्नो ऊजुरीमा सुशान्त सिंहकी दिदीले डाक्टर तरुण कुमारसँग मिलेर नक्कली प्रिस्क्रिप्सन बनाएको पनि बताएकी छिन् ।

रियाका अनुसार यो कुराको विषयमा उनको र सुशान्तबीच मतभेद पनि भएको थियो र त्यसपछि सुशान्तले उनलाई घर जान भनेका थिए किनभने उनकी अर्की दिदी मीतू सिंह त्यहाँ आएर बस्न लागेकी थिइन् ।

रिया चक्रवर्ती आफैं पनि यो मामिलामा संदिग्ध छिन् र सिबआईले यसबारे अनुसन्धान गरिरहेको छ ।

सिबिआईबाहेक नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पनि यो मामिलामा ड्रग्सको खरिद, त्यसको लेनदेन र सेवनसँग जोडिएका मामिलाको अनुसन्धान गरिरहेको छ ।

एनसीबीले रियाका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंहका म्यानेजर स्यामुअल मिरान्डासमेत हालसम्म ९ जनालाई पक्राउ गरिसकेको छ ।

एनसीबीले रियासँग थुप्रै पटक सोधपुछ गरिसकेको छ र मंगलबार पनि उनीसँग सोधपुछ गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!