बार्सिलोना परित्याग गर्ने आफ्नो प्रयास विफल भएपछि लियोनल मेस्सी प्रशिक्षणका लागि फित्र्ता हुनुभएको छ । ३३ वर्षीय मेस्सीले दुई साता अघि बार्सिलोना समक्ष स्थानान्तरणको आग्रह बुझाउनुभएको थियो । तर गत् शुक्रबार उहाँले मुक्त हुन भुक्तानी गर्नुपर्ने रकम कुनै पनि टोलिका लागि असम्भव भएकोले आफू यथावत् बार्सिलोनामै बस्ने बताउनुभएको थियो ।नयाँ प्रशिक्षक रोनाल्ड कोमनको आगमनपछि आर्जेन्टाइन फरवार्ड मेस्सी पहिलो पटक प्रशिक्षणमा सहभागी हुनुभयो । बार्सिलोनाले आफ्नो ला लिगा अभियानको २७ सेप्टेम्बरका दिन भिलेरल विरुद्धको खेलसँगै सुरुवात गर्नेछ । मेस्सी अगष्ट ३० यता प्रशिक्षणमा सहभागी हुनुभएको थिएन । २५ अगष्टमा उहाँ स्थानान्तरणको आग्रहसहित निवेदन बार्सिलोनालाई बुझाएपछि अनुपस्थित रहँदै आउनुभएको छ । बार्सिलोना र ला लिगा दुबैले मेस्सीले उल्लेख गर्नुभएको धारा औचित्यहीन भइसकेको जनाउँदै आएको थियो । उक्त धारा बमोजिम मेस्सीलाई खरिद गर्ने क्लबले ७० करोड यूरो बुझाउनुपर्ने थियो । ला लिगाका अध्यक्ष जाभियर टेबासले भन्नुभयो, “मेस्सी हामीसँगै रहोस् भने चाहेका छौं, फुटबल इतिहासको उहाँ उत्कृष्ट खेलाडी हुनुहुन्छ र हामीले ला लिगामै आबद्ध भएर उहाँ आफ्नो फुटबल जिवनको अन्त्य गरोस् चाहेका छौं ।” मेस्सी करिब २० वर्षदेखि ला लिगामै आबद्ध रही फुटबल खेल्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!