हिपमत डटकम, विराटनगर २९ पुस ः नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कांग्रेस अहिले जत्ति अफ्ठेरोमा कहिल्यै नपुगेको बताएका छन । उनले विपक्षी दल (कांग्रेस) लाई विभिन्न तरीकाले प्रहार भईरहेको बताए । यो सँग जुध्नको लागि पनि पार्टी एकढिक्का हुन जरुरी रहेको कोईरालाको भनाई छ ।
प्रदेश १ मा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसँग आफ्नै निबास विराटनगरमा समसामयिक राजनीतिको विषयमा छलफल गर्दै सो कुरा बताएका हुन । छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए । कोइरालाले सरकारको गतिविधि अधिनायवादतर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!