विराटनगरकी अग्रज कवयित्री राधिका गुरागाईं विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा प्रथम भएकी छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वव्यापी खुल्ला अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा विराटनगर निवासी गुरागाईं प्रथम भएकी छन् । जगन्नाथ शर्मा गुरागाईं साहित्य प्रतिष्ठानकी अध्यक्ष र नेपाली लेखक संघकी केन्द्रीय सदस्यसमेत रहेकी गुरागाईंको ‘इन्द्रेणी सपनाहरू’ शीर्षकको कविता प्रथम घोषित भएको हो । विगत साढे तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय गुरागाईंका कवितासंग्रह प्रकाशित छन् । यस प्रतियोगितामा पुरस्कार स्वरुप राधिकाले ५ सय युएस डलर र प्रमाणपत्र प्राप्त गरेकी छन् । विश्वभरका करिब ३ सय नेपाली कविहरुलाई उछिन्दै गुरागाईं प्रथम हुन सफल भएकी हुन् ।
त्यस्तै प्रतियोगितामा उदयपुरका कवि जीवन आरोही दोस्रो र झापाका कवि केशव भट्टराई तृतीय भए । आरोहीको कविता ‘निमन्त्रणा’ र भट्टराईको कविता ‘पर्खाइ’ क्रमशः द्वितीय र तृतीत भएका हुन् । यसैगरी खोटाङ निवासी कवि शुभचन्द्र राई चौथो र अमेरिका निवासी कवि कल्पना तामाङ पाँचौ स्थानमा रहेर पुरस्कृत भएका छन् । कवि राईको कविता ‘कथाको पात्र’ र कवि तामाङको कविता ‘विभेदको पानी’ पुरस्कृत भएका हुन् ।
दोस्रो हुनेलाई नगद ३ सय युएस डलर, तेस्रो हुनेलाई नगद २ सय युएस डलर र चौथो र पाँचौ हुनेलाई नगद १–१ सय युएस डलर र प्रमाणपत्र प्राप्त गरेका छन् । वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहेको निर्णायक समितिले पुरस्कृतहरुको नाम छनौट गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!